Home »
News » सूर्य नेपालद्वारा ५ जनालाई उद्यमशीलता अवार्ड
सूर्य नेपालद्वारा ५ जनालाई उद्यमशीलता अवार्ड
सूर्य नेपालले पाँच उत्कृष्ठ सामाजिक उद्यमीहरूलाई सोमबार आशा उद्यमशीलता अवार्ड प्रदान गरेको छ ।
सम्मान पाउनेमा पाउनेहरू धादिङको ज्यामरुङमा माउन्टेन डेलाइट ट्रेक्स एन्ड एक्सपेडिसन एन्ड टुकी नेपाल सोसाइटी सञ्चालन गर्दै आएका राम सापकोटा, कीर्तिपुर होजियारी इन्डस्टि्रजकी सविता महर्जन, पर्साको ढोरीमा कलस दुग्ध उद्योग सञ्चालन गर्ने श्यामवदन यादव, नवलपरासीको गैंडाकोटको विजय डेभलपमेन्ट रिसोर्स सेन्टर र छहारी सर्भिसेज छन् ।
पाँचै उद्यमीले १ लाख रुपैयाँ नगदसहित सञ्जाल विस्तारको अवसर पाएका छन् ।
सापकोटालाई शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधार, विद्युतीकरण र सरसफाइमा योगदान पुर्याएबात सम्मान गरिएको हो । यसैगरी सहकारी मार्फत महिलालाई सीपमूलक तालिम दिएर उत्पादन बढाउन सघाएकामा महर्जनलाई, बाहिर पढेर गाउँमै उद्योग सञ्चालन गरेकामा यादवलाई, सहकारी, एफएम रेडियो, सामुदायिक विद्यालय सञ्चालन गरेर समाजमा योगदान पुर्याएकामा सेन्टरलाई र क्याटरिङ सर्भिस लगायत साना उद्योग सञ्चालन गरेर एकल महिलालाई स्वरोजगार बनाउन योगदान गरेकामा छहारीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
अवार्डका लागि ६६ जनाको आवेदन परेको थियो । तीमध्येबाट पहिलो चरणमा २० जना हुँदै ती ५ जना छानिएका थिए । कार्यक्रममा सूर्य नेपालका सञ्जीव केशवाले सामाजिक उद्यमीहरूको हौसला बढाउन सधैं काम गरिरहने प्रतिबद्धता जनाए । पहिलो पटक आयोजना गरिएको सम्मान कार्यक्रम आगामी वर्षदेखि नियमित रूपमा गर्दै जाने सूर्य नेपालले जनाएको छ ।
Published on : Kantipur, Nov. 22, 2011